२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

गौशाला धर्मशाला सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले प्रशासनसँग माग्यो सुरक्षा

२९ असोज, काठमाडौँ । गौशाला धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग काठमाडौँ महानगरपालिकाले शान्ति सुरक्षा माग गरेको छ । मंगलबार महानगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको हो ।

जुन पत्र मंगलबार नै महानगरले मारवाडी सेवा समितिले विरोध गरिरहेको धर्मशालामा टाँसेको छ । कोषले मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई गौशालाको जिम्मेवारी दिएसँगै समितिले विरोध गरिरहेको छ । उक्त विरोधपछि पनि कुनै पनि हालतमा महानगरपालिकाले सहमति बमोजिम काम अघि बढाउने बताइरहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलवार १५:०८