१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

प्रचण्डलाई फेसबुकमा गाली गर्ने नेपाली कांग्रेसका नेता श्रेष्ठ पक्राउ

८, पुस, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसबुकमा गाली गर्ने नेपाली कांग्रेसका नेता प्रहरी खाेरमा परेका छन । जिल्ला प्रहरी कार्यालय चितवनले प्रचण्डलाई फेसबुकमा गालीगर्ने कांग्रेसका महासमिति सदस्यसमेत रहेका होटल व्यवसायी सुवोध प्रधान अाईतबार पक्राउ परेका हुन ।

प्रचण्ड विरुद्ध गालीगलाैजकाे भाषामा दर्जनाैँ स्टाटस लेखेका प्रधानलाई यसअघि प्रहरीले सचेत गराए पनि उनले अटेरी गरेका थिए । प्रहरीमा प्रधानका विरुद्धमा उजुरी नै परेपछि अाइतबार प्रकाउ गरिएकाे एसपी सुशीलसिंह राठाैरले जानकारी दिएका छन । प्रधानकाेे गतिबिधिमा प्रहरीले केही समयअघिदेखि निगरानी बढाएकाे थियाे ।

प्रधान चितवनकाे होटल सेन्ट्रल पाम र साराङ वाइल्डलाइफ रिसोर्टका प्रमुख एवं तरुण दलका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।

प्रकाशित मिति : ८ पुष २०७५, आईतवार १८:२४