२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

दसैँपछिको पहिलो कारोबारमा सुन-चाँदीको मूल्य बढ्यो

२९ असोज, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार अथवा दशैं सकिएसँगै नेपाली बजारमा सुनको भाउ  बढेको छ ।

दशैंअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुन मंगलबार तोलामा १४ सय रूपैयाँले बढेर १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, चाँदी पनि यस दिन तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १९२५ रुपैयाँ कायम सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलवार ११:२३