बेल्जियमको स्थानीय निर्वाचनमा दुई नेपाली मुलका उम्मेदवार विजयी
ब्रसेल्स । युरोपियन मुलुक बेल्जियममा आइतवार सम्पन्न स्थानिय निर्वाचनमा दुई जना नेपाली मुलका उम्मेदवार विजयी भएका छन् । नेपाली मूलका ११ जना उम्मेदवारहरू मध्ये लुभेन शहरमा समाजवादी भोअइत पार्टीबाट सूर्य ढकाल र ब्रुग्स शहरमा सिडिएनभे पार्टीबाट प्रज्ञा तिमल्सिना विजयी भएका हुन्।![]()
नेपाली अभियन्ता तथा यस निर्वाचनका ब्रुग्स शहरमा उम्मेदवार समेत रहेका रमेश कडेलले निर्वाचन प्रक्रिया प्रत्यक्ष भन्दा अल्ली फरक मिश्रित खाल्को भएको निर्वाचनमा ११ जना नेपाली समुदायका अगुवाले उमेदवारी दिएकोमा २ जना विजयी हुनु सुखद बिषय भएको बताए ।
नेपालीहरु लुभेन, ब्रुग्स, टिनेन, एन्टवर्प, सेन्ट निकोलस ७ शहरमा उमेदवार रहेका थिए ।
करिव १५ हजार नेपालीहरु रहेको बेल्जियममा यस अगि पनि सुर्य ढकाल सहित दुई जनाले स्थानिय निकायमा प्रतिनिधित्व गरिसकेका छन् ।
अभियन्ता कडेलले आगामी दिनमा नेपाली समुदायले व्यवस्थित योजना सहित गएमा नेपालीहरुको बिजय सहज भएको बताए । उनले स्थानीय तहको निर्वाचनमा नेपाली उम्मेदवार विजयी भएपछि नेपाली समुदायले बेल्जियमको राजनितिमा थप फड्को मारेको र यो एक सुखद क्षण भएको बताएका छन्।
विजयी सुर्य ढकालले मतदाता, शुभेच्छुक र सहयोगी सबैमा आभार व्यक्त गरेका छन् ।
प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार १७:१८












