२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

सिटिजन्स बैंकको सेयर मूल्य समायोजन

२७ असाेज, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बोनस सेयरको मूल्य समायोजन भएको छ । बैंककाे ४ प्रतिशत बोनस सेयर मूल्य नेपाल स्टक एक्सेचन्ज (नेप्से)मा  समायोजन भएको हो ।

गत बुधबारको अन्तिम कारोबार मूल्य २५३ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हाे । मूल्य समायोजन पश्चात बैंकको सेयर मूल्य २४३.२७ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधारमा मानेर यसको कारोबार खुला हुनेछ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आईतवार १७:२२