२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नेपाल प्रिमियर लिगका लागि एडिलेडबाट तिन खेलाडी (विवरण सहित)

एडिलेड । आगामी नेपाल प्रिमियर लिग (एनपिल) २०२४ का लागि एडिलेड नेप्लिज क्रिकेट एशोशियसन (एन्का) किंग्सका कप्तान सुनम गौतम, फास्ट बलर नन्दन यादव र लेफ्ट हार्म स्पिनर अनिल खरेल छनौटमा परेका छन् । जसमा सुनम पोखरा एभेन्जर्स,नन्दन कर्णाली याक्स र अनिल विराटनगर किंग्समा खेल्ने भएका छन् ।

क्रिकेट संघ नेपाल-क्यानले वार्षिक रूपमा आयोजना गर्ने फ्रान्चाइजमा आधारित टि-२० प्रतियोगिता एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान हुदैछ  । एनपीएलमा सहभागी हुने टिममा सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स रहेका छन् । 

छनौट पछि सुनम गौतमले खुशी व्यक्त गर्दै प्रवासमा खेलेर पनि आफ्नो योग्यता भएका देशमा गएर खेल्न पाईन्छ भन्ने कुराले प्रवासमा हुर्कदै गरेको नयाँ पुस्तालाई आशा जगाने तथा खेलमा लाग्न प्रेरित गर्छ भन्ने विश्वास लागेको बताए । अर्का खेलाडी अनिल खरेलले भने `विदेशीदैमा खेलाडीहरुले खेल छोडेका हुदै जहा गए पनि सक्रिय हुन्छ । हामीहरु पनि यहा अध्ययन, काम संगै खेलमा पनि सक्रिय छौ । देशलाई पर्दा जहिले पनि तयार छौ ।´नन्दन यादवले छनौट भएकोमा खुशी व्यक्त गर्दै अष्ट्रेलिया आएर समेत सिकेको कौशल लिगमा प्रदर्शन गर्ने बताए ।

क्यानका अनुसार कुल ४२६ खेलाडीले आफ्नो नाम दर्ता गराएकोमा त्यसबाट एनपीएल तयारी समितिले १४२ खेलाडी छनोट गरेर अक्सनमा सहभागी गराईएको थियो । जसमा अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ ३८ र ग्रेड ‘सी’ ७७ खेलाडी रहेका थिए । भने यसअघि एनपीएलका फ्रेन्चाईजीका मार्की खेलाडी छानिएको थियो  । मार्की खेलाडीको २० लाख र खेलाडीहरुको ५ देखी १५ लाख सम्म पारिश्रमिक रहेको छ । जसमा यादवले ११ लाख र गौतम तथा खरेलले ५-५ लाख पारिश्रमिक पाउने छन् ।

एन्का अध्यक्ष विजय जोशीले यी खेलाडीहरू छनोट हुनु एन्काका लागि गर्वको क्षण भएको र एन्का सही दिशामा अघि बढिरहेको प्रमाण भएको बताए । उनले भने `हामी हाम्रा जुनियरहरू अन्डर १०, १२ र १४ ले पनि अस्ट्रेलियाको घरेलु र नेपाली घरेलु प्रतियोगिताहरूमा प्रवेश गर्नेछन् भन्ने आशामा हामी हाम्रा जुनियरहरूको विकासमा जोडदार रूपमा केन्द्रित छौं।´

एशोशियसन अन्तर्गतका क्लवहरुमा गौतम भिएक्सएल युनाईटेड क्रिकेट क्लब, यादव गोर्खा ग्याडियर क्रिकेट क्लव र खरेल हिमालन वारियर क्लवमा आबध्द रहेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार १४:०३