२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमाले सचिवालयको विशेष बैठक बस्दै, एजेण्डा सिधै बैठकमा प्रस्तुत हुने

२४ असोज, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको विशेष बैठक आज बस्दैछ । बिहान ११ बजेर ४५ मिनेटमा सुरू हुने भनिएको बैठकको एजेण्डा सार्वजनिक गरिएको छैन । यद्यपी केन्द्रीय कार्यालयको तर्फबाट विशेष बैठक भनेर डाकिएको छ । छलफलको एजेण्डा भने सिधै बैठकमा प्रवेश गर्ने बुझिएको छ ।

यसअघि हनुमन्ते खोलाको बाढीले पार्टी मुख्यालय डुबेपछि विशाल पण्डित बसेरा होटलमा भएको बैठक बिहीबार भने पार्टी मुख्यलयमै बस्ने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार ०८:५५