२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

पत्रकार अश्विन दानी काठमाडाैँबाट फेरि पक्राउ

२२ असोज, काठमाडौँ । पत्रकार अश्विन दानी फेरि पक्राउ परेका छन । आपराधिक लाभ लिने उद्देश्यसहित योजनावद्ध तवरले डर त्रास देखाई रकम माग गरेको भन्ने जाहेरीको आधारमा प्रहरीले पत्रकार दानीलाई काठमाडौँ उपत्याका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

कार्यालयका सूचना अधिकारी समेत रहेका एसपी काजी कुमार आचार्यले गोरखा नगरपालिका वडा नम्बर ३ का दानीलाई काठमाडौँको कपनबाट पक्राउ गरिएको जनाएको छ। कार्यालयले थप अनुसन्धानका लागि दानीलाई जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको । जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले दानीलाई यसअघि जिल्ला प्रहरी कार्यालय, नुवाकोटबाट चन्द्र बहादुर तामाङको जाहेरीले ठगी मुद्दामा प्रतिवादी कायम भई अनुसन्धान भएको अभिलेखबाट देखिन आएको  सेमत जानकारी दिएको छ । दानीले पछिल्लो समय जनचासो टाइम्स सञ्चालन गर्दै आएका छन ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार २२:३४