२० मंसिर २०८१, बिहीबार | Thu Dec 5 2024

बेलायतले नेपाली बेचेर कति कमायो ? प्रा डा युवराज संग्राैलाको विश्वलेषण

८ पुस, काठमाडाैँ । पूर्व महान्यायाधिवक्ता प्रा डा युवराज संग्राैलाले गोर्खा सैनिकको बारेमा महत्वपूर्ण प्रश्न उठाउँदै उनीहरूको माग पूरा गराउन सबैले सहयोग गर्नुपर्ने बताएकाछन । लामो समयदेखि नेपाली बेचेर अकुत कमाइरहेको बेलायतले गोर्खाहरूको माग सम्बोधनमा वेवास्ता गरेको विषयलार्इ प्रा डा संग्राैलाले ९ बुँदामा व्याख्या गरेका छन ।

उनले सामाजिक सञ्जालमा राखेको विश्लेषण जस्ताको त्यस्तै पढ्नुहोस्

एउटा सार्है धेरै शोषणको विवरण तपाइँहरु समक्ष राखौैँ। गुर्खा बृगेडको।
१. अहिले सम्म बेलायतले करिब पांच लाख नेपाली युवाहरू प्रयोग गर्यो। कति मारिए भन्ने कहिले पनि जानकारी दिएन। अमेरिकी वार अभिलेख अनुसार ब्रीटिस फौजको मृत्यु दर ३५% थियो। अनुमान गर्नुहोस कति नेपाली युवाहरू मारिए। तर हामी गुर्खाको बिरताको गीत गाएर बस्यौं। उनीहरुका पीडा कहिले पनि खोजेनौं।

२. सन १९४७ मा भारत, बेलायत र राणाको बीचमा एक संझौता भयो। तेसलाई त्रीपक्षिय सन्धी भनिन्छ। तेस अनुसार ८ ब्रीगेड भारत र ४ ब्रीगेड बेलायत लाने तय भयो। बेलायत तर्फ दस हजार जति त भारत तर्फ बीस हजार जति भागबण्डा भयो। करिब ४ लाख युवाहरु दोस्रो विश्व युद्धमा सरिक गरिएका थिए। खोइ ती अरु मानिस ?

३. बेलायती राजदूतावासले नेपालको प्रतिनिधि सभालाई सन १९९८मा दिएको तथ्यांक अनुसार, ६१ हजार युवा दोस्रो विश्व युद्धमा प्रयोग गरिएका थिए। यश तथ्यांकलाई मात्रै मान्ने हो भने पनि, करिब तीस हजार मारिएका रहेछ्न। तिनीहरुको क्षेतिपुर्ती र तलब बेलायतले कस्लाइ बुझायो?

४. आसाम राइफल, मिलीलीटरि पुलिस र बर्मा राइफल ६१ हजारमा परेका छैनन। यसबाट थाहा हुन्छ, दोस्रो विश्व युद्धमा २ लाख भन्दा बढी नेपाली प्रयोग भए। उनीहरु र उनीहरुको देश नेपालले के पायो? दक्षिण फ्रान्समा एकै दिनमा हजारौं गुर्खाहरु मारिएका थिए। मलेसियाका सबैतिर गुर्खाका लास थिय श्याल र गिद्धले खाइरहेको देखिन्थ्यो भनी एकजना युद्धबन्दीले आफ्नो मेमोआइरमा लेखेका छ्न।

५. बेलायतमा लगेका नेपालीलाई पनि भारतीय सेना बराबर तलब र पेन्सन दिएर नेपाली युवाको सोषण गरियो। सन १९९७ सम्म नेपाली को पेन्सन २४ पौन्ड र बेलायतीको ४०० भन्दा माथी पेन्सन थियो। लामो संघर्ष पछि सन १९९७ पछि लागू हुने गरि तलब र पेन्सन बराबर गरे पनि गुर्खा सैनिक १५ बर्ष मा र बेलायती २२ बर्षमा रिटाएर हुने भन्दै पेन्सनमा भेदभाव कायम गरिएको छ।

६. दोस्रो विश्व युद्धमा युद्धबन्दी बनाएका हजारौं गुर्खाको जापान ले एलाइड फोर्स संङ्ग गरेको सन्धी अनुसार दिनको १०० डलर भत्ता दिएको थियो, त्यो पनि गुर्खालाई थाहा नै नदिइ बेलायतले के गर्यो थाहा छैन। तर सुनिन्छ तेहि पैसाले पाखृबास र लुम्ले को कृषि फर्म बनाएको हो, तर भनियो त्यो बेलायती सहयोग हो नेपालको लागी।

७. सन १९५२ मा सत्र हजार युवाहरु मलेसियाको कम्युनिस्ट बिद्रोह दबाउन मलेसिया लगियो। बेलायतले मलेशिया सङ्ग युद्ध ठेक्कामा लियो। प्रतेक सिपाहीको ४८२ मलेसियन डलर लियो, तर नेपालीलाई ८२ डलर मात्र दिएर, प्रती सिपाही ४०० डलर १९६८ सम्म लग्यो। हिसाब गर्नुहोस बेलायतले नेपाली बेचेर कति कमायो।

८. ब्रुनाइमा रिटाएर्ड गुर्खा दुई हजार राखेर प्रती ब्यक्ति २५०० डलर ब्रुनाइ सरकार सङ्ग लिइ नेपालीलाई १००० डलर दिई बेलायत नेपाली युवा बेचेर पैसा कमाइ रहेको छ। यस्तै अवस्था सिंगापुर पोलिसको पनि हो। कुन सन्धि अनुसार बेलायत नेपाली नागरिक अरु देशलाई सुरक्षा फौजमा दिइरहेको छ?

९. १९६८मा करिब दस हजारलाई बिना पेन्सन अवकाश दिई, खालि खुट्टा नेपाल पठायो। यिनिहरुले भोगेको गरिबि नेपालका बिगतका सरकारको कुनै सरोकार भएन। किन ?

यी त केही झलक मात्र हुन। जनजातिको आजको दुर्दशा बेलायती युवा शोषणको परिणाम हो। गुर्खा भु पु सैनिक सबै नेपालीको माया चाहान्छन। उनीहरुको आन्दोलनलाई सहयोग गरौं। नेपाल सरकारले तत्काल बार्ताद्वारा यो समस्या समाधान गरोस।

नेपाली सेनाले भु पु गुर्खालाई नेपाली सेना सरहको मर्यादा देओस। यस्ले नेपाली सेनाको मान बड्ने छ। गुर्खा सैनिकलाई नेपाली सेनाले निर्माणको काममा सरिक गरोस। उनिहरु सङ्ग उच्च स्तरको प्राबिधिक ज्ञान छ। बर्तमान भेदभावको समस्या समाधान गरि, अब कति बर्ष यसलाइ कायम राख्ने हो नयाँ सन्धी गर्नु आवस्यक छ।

प्रकाशित मिति : ८ पुष २०७५, आईतवार ०९:०६