२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सीतापाइलामा चारवटा गाडी दुर्घटनामा, मोटरसाइकल चालक घाइते

२२ असोज, काठमाडौँ । मंगलबार साढे ११ बजे काठमाडौंको सीतापाइलामा चार वटा गाडी एक आपसमा ठोक्किएका छन्। सीतापाइला चोक नजिकै चार वटा सवारीसाधन ठोक्किएका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन कार्कीले गुडिरहेको मोटरसाइकल, कार, बस र डिआइ गाडी दुर्घटना भएको जानकारी दिनुभयो ।

बा।प्र ०२ ०३४ प ४३०२ नं। मोटरसाइकलसँगसँगै बा १६ च ६३३७ नम्बरको कार ठोक्किएको हो ।

कारलाई मोटरसाइकलले ओभरटेक गर्न खोज्दा कारले ब्रेक लगाएको थियो। त्यही समय पछाडि गुडिरहेको बा ४ ख ८९७२ नम्बरको महानगर यातायातले कारलाई ठक्कर दिएको हो।

कारलाई ठक्कर दिएपछि मोटरसाइकल कारको टायरमुनि परेको छ भने पछि सोही कार विपरीत दिशाबाट आउँदै गरेको बा १० च ८७७५ डिआई गाडीमा ठोक्किएको प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कार्कीले जानकारी दिनुभयो ।

ताप्लेजुङ सिजङगा गाउपालिका-४ घर भई हाल जिल्ला काठमाडौं कलंकी बस्ने ५० वर्षीय मोटरसाइकल चालक हर्कबहादुर खड्का घाइते छन्। उनलाई उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ।

अन्य यात्रुहरू सबै सुरक्षित नै रहेको र सवारीसाधनमा भने क्षति भएको छ ।

क्षति भएका सबै गाडी प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार १४:३६