१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

स्थायी समिति बैठकमा पार्टी र सरकारबारे झलनाथ खनालको प्रश्नै प्रश्न

७ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा राखेको राजनीतिक प्रतिवेदनमा थुप्रै पश्न उठाएका छन । उनले राजनीतिक प्रतिवेदनले पार्टीको उचाईलाई प्रतिनिधित्व गर्न नसकेको भन्दै अालोचना गरेका छन ।

एकीकरणसम्बन्धि दस्ताबेज नै प्रकाशित नभएको भन्दै वरिष्ठ नेता खनालले पार्टीको कार्यदिशा, नीति र सिद्धान्त के हो भनि प्रश्न गरेका छन । जारी स्थायी समितिको शनिबारको बैठकमा उनले प्रश्न गरे ‘प्रतिवेदनले अधिकतम कार्यभार वैज्ञानिक समाजवाद भनेकाे छ, साम्यवाद खोई ? कम्यूनिष्ट पार्टी राजनीतिक पार्टी मात्रै हो कि वैज्ञानिक ? दार्शनिक पार्टी पनि हो ? केन्द्रमा पार्टी एकीकरण भयो, तर तलसम्म एकीकरण अहिले हुन किन सकेन ?’

फाइल फोटो ।

केन्द्रमा पार्टी एकता हुने बेलैमा तल्ला तह र जनवर्गीय संगठन विघटन गर्न नहुने वा तत्कालै एकीकरण गर्नुपर्नेमा दूरदृष्टि अपनाउन नसकिएको भन्दै उनले नेतृत्वको अालोचना गरे । वरिष्ठ नेता खनालले तलदेखि माथिसम्मको नियुक्ति कसरी भइरहेकाे छ भन्ने प्रश्न गर्दै त्यसकाे जानकारी पार्टीलाई नभएकाे बताए । पार्टीमा सिस्टम टुटेकाेमा आपत्ति जनाउँदै उनलेे संवैधानिक पद, राजदुत, राजनीतिक र सर्बोच्चका नियुक्ति कसरी गरिदैछ भन्ने प्रश्न गरे ।

प्रकाशित मिति : ७ पुष २०७५, शनिबार २०:१०