२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

दक्षिणकाली दर्शनका लागि पुगे राष्ट्रपति पौडेल

२१ असोज, काठमाडौँ । बडादसैँको अवसरमा सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेलसहित दक्षिणकाली मन्दिरमा माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गरेका छन् ।

उपत्यकाको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ । यही अवसरमा दक्षिणकाली नगरपालिकामा प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको लगातार बर्षाले आएको बाढीका कारण क्षतिको विवरण प्रस्तुत गर्दै बाढीपीडितलाई राहत तथा मन्दिर  क्षेत्रको पुनर्निर्माणमा सहयोगका लागि आग्रह गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए  । उक्त अवसरमा राष्ट्रपति पौडेल मन्दिर पुग्दा  स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार १०:४४