१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

राैतहटमा इट्टा भट्टाका मजदूरकाे ढाडमा गोली प्रहार


६ चैत, रौतहट । रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि अज्ञत समुहले गोली प्रहार गरेको छ । कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि गए राति गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

गरुडा नगरपालिका–५ महमदपुुर घर भएका मजदूर यादव सोमबार राति इँटाभट्टामा अर्का एक मजदूरसँग सुुतिरहेका थिए । राति करीव ११ः३० बजे अज्ञात समूहले यादव माथि गोली प्रहार गरेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द थापाले जानकारी दिए ।

मजदूर यादवको ढाडमा गोली लागेकाले उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार ११:३२