१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

आन्तरिक पर्यटकका लागि ल्याण्डमार्कको विशेष अफर

१८ असोज, काठमाडाैँ । अान्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले ल्याण्डमार्क होटल एण्ड रिसोर्टले चाडपर्ब लक्षित प्यकेजहरू सार्वजनिक गरेको छ । बिगतमा जस्तै यस वर्ष पनि चाडबाडको विदाको समयमा घुम्न निस्कने अान्तरिक पर्यटकहरूका लागि अाकर्षक अफर सार्वजनिक गरिएको ल्याण्डमार्क होटलले जनाएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिने सरकारको नीतिलाई साथ दिँदै होटल ल्याण्डमार्कले विगतका वर्षमा पनि आकर्षक अफरहरू सार्वजनिक गर्ने गरेको थियो । ल्याण्डमार्कका चाडबाड लक्षित अफरहरूले काठमाडाैँ, पोखरा, चितवन र लुम्बिनी घुम्न निस्कने पर्यटकका लागि विशेष छुटको व्यवस्था गरेको छ ।

चाडबाडको समयमा नेपालीहरूले आन्तरिक पर्यटनमा रमाउन उत्प्रेरित गर्न विभन्न प्याकेज सार्वजनिक गरिएको ल्याय्डमार्कले जनाएको छ । ल्याण्डमार्कमा फरक फरक होटलमा फरक फरक विशेषता विशेष अफरहरू रहेका छन ।

ल्याण्डमार्क होटल्स रिसोर्ट्स एण्ड स्पा नेपालको अग्रणी होटेल ब्रान्ड हो। यस होटल सञ्चालन गर्ने सम्राट ग्रुप अफ कम्पनी नेपालको पर्यटन क्षेत्रमा अग्रपङ्क्तिमा रहेको छ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार २०:५४