१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

अस्थायी आवासबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्ने

१८ असोज, काठमाडौँ । शुक्रबार अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको छ । उक्त बैठकमा केही दिन अगाडी आएको बाढीपहिरोमा परी क्षति भएको डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिनुभयो ।

बिहिबार सार्वजनिक बिदा भएकाले शुक्रबार बैठक बस्न लागेको हो’, मन्त्रीले भन्नुभयो, ‘एजेन्डा भने खुलाइएको छैन । तर बाढीपहिरो पीडीतलाई अस्थायी आवासको बिषयमा छलफल र निर्णय हुनसक्छ ।’

’सरकारले बाढीपहिरोबाट प्रभावित भएकाहरूलाई अस्थायी आवासको व्यवस्था गर्ने भनिए पनि त्यसबारे मन्त्रिपरिषद्बाट प्रस्ताव निर्णय भई नसकेको पनि मन्त्रीले बताउनुभयो

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १४:०३