१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

माछापुच्छ्रे बैंकले मनायो २४औं वार्षिकोत्सव

१८ असोज, काठमाडौँ ।  माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित भव्य रूपमा असोज १८ गते केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा केक काटेर मनाइरहेको छ। उक्त बैंकले उत्सव र सहयोगु भन्ने नाराका साथ असोज महिनालाई वार्षिकोसत्व अभियानको रूपमा लिएको हो।

यधपी ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ।

जस अन्तर्गत बैंकले केही दिन अगाडि मात्रै आएको बाढीपहिरोमा परि विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउपालिका १ र २ का बाढीपहिरो पीडितलाई २०० थान ब्लाङ्केट प्रदान गरेको छ ।

त्यस्तै, बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा पनि केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ।

उक्त बैंकले १६५ शाखा कार्यालयहरू २०१ एटिएम, १११ शाखारहित बैंकिङ सेवा, १२ एक्सटेन्सन काउण्टर मार्फत १६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १३:२८