१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

नेकपा स्थायी समिति बैठकः प्रदीप ज्ञवाली बाहेक सबैले बोले, अध्यद्धयको जवाफ आइतबार

७ पुस, काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा परराष्ट्रमन्त्री समेत रहेका नेता प्रदीप ज्ञवाली बाहेक सबै नेताले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन माथिको छलफलमा भाग लिएका छन ।

 शनिबारको बैठकमा वरिष्ठ नेताद्धय माधवकुमार नेपाल तथा झलनाथ खनाल, महासचिव विष्णु पौडेल, नेताहरु रामबहादुर थापा र गिरिराजमणि पोखरेलले राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिए । शनिबारै बिहानमात्रै अमेरिकाको भ्रमणबाट फर्की बैठकमा सहभागी भएका नेता ज्ञवालीले भ्रमणको विषयमा केही कुरा राखे पनि प्रतिवेदनका विषयमा भने आइतबार आफ्नो धारणा राख्नेछन ।

ज्ञवालीले भोलि बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिनेछ । आइतबारको बैठकमा नेता ज्ञवालीले बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्षद्धय ओली र दाहालले दिनेछन ।

अध्यक्षद्धयको जावाफपछि राजनीतिक प्रतिवेदन पारित हुनेछ । बैठकमा आधा जस्तो सदस्यले सरकार र पार्टी नेतृत्वको आलोचना गरे भने अधिकांशले पार्टी नेतृत्व सरकारको बचाउ गर्दै सुशासनका निम्ति सरकारले आधर तयार गरिरहेका बताएका थिए ।

प्रकाशित मिति : ७ पुष २०७५, शनिबार १६:११