१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

विपदमा परेर घाइते भएकाहरूलाई सरकारले निस्शुल्क उपचार गराइरहेको छ: स्वास्थ्यमन्त्री पौडेल

१७ असोज, काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बाढीपहिरोमा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन् ।

बिहिबार राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीहरूको अवस्थाबारे जानकारी लिन पुगेका मन्त्री पौडेलले बाढीपहिरो पीडितलाई निःशुल्क उपचार गरिने बताए।

उनले भने-  ‘विपदमा परेर घाइते भएकाहरूलाई सरकारी अस्पतालले निस्शुल्क उपचार गरिरहेको छ । निजी अस्पतालाहरूलाई पनि बाढीपहिरो पीडितको सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न भनेका छौं।

यधपी जस्तोसुकै जटिल समस्या भएको बिरामीको पनि उपचार हुने उनले बताएका छन्।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार १७:२६