१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

परिवारका सदस्यसहित भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

१७ असोज, काठामाडौँ । परिवारका सदस्यसहित पूर्वराजा ज्ञानेन्द्र शाह भुटान एयरलाईन्सको जहाजमार्फत बिहीबार भुटान गएका छन् । शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिनासहित भुटान गएका हुन् ।

शाह भुटानको राजधानी थिम्पु पुग्दा भुटानी राजकुमारीले स्वागत गरेकी छन् । शाहको भुटान भ्रमण निजी रहेको तथा अर्थपूर्ण रुपमा हेरिने शाहका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् । भुटानमा रहँदा शाहले धार्मिक क्षेत्र भ्रमण गर्नेुका साथै विभिन्न व्यक्तित्वहरुसँग पनि भेटघाट गर्नेछन् ।  पूर्वराजा शाह असोज २० गते अर्थात् आइतबार स्वदेश फर्कने सम्वाद सचिव फणिराज पाठकले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार १७:०३