१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

नेकपामा वामदेव ‘एलर्जी’, किरण गुरूङले पनि छाडे साथ, निकट भन्न पनि लाज माने नेताले

७ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गाैतमले पछिल्लो समय देखाइरहेको व्यवहारले सर्वत्र अालोचना खेपिरहेको छ । पार्टी भित्र र बाहिर वामदेव गाैतमको अालोचना गर्नेको कमी छैन । कतिसम्म भने विगतमा वामदेवलार्इ पार्टी फुटाउने अभियानमै साथ दिएका नेताहरूले समेत साथ छाडेका छन । अाफू निकटको भनिएका व्यक्तिले नियुक्ति खाएपछि मोटो रकम बुझाउनुपर्ने भएका कारण पीडित भएका नेताहरू पछिल्लो समय अाफूलार्इ वामदेव गाैतम निकट भन्न समेत लाज मान्न थालेका छन ।

त्यस्तैमा रहेका छन गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका नेताहरू किरण गुरूङ र रविन्द्र अधिकारी । गुरूङ र अधिकारी दुबैले पछिल्लो समय अाफूहरूलार्इ वामदेव निकट भनेर नचिनाउन अाग्रह नै गर्ने गरेका छन । पार्टीको नवाैँ महाधिवेशनमा वामदेवले भन्दा पहिल्य नै निर्णय गरेर केपी शर्मा अोलीलार्इ सहयोग गर्ने निर्णय लिएका नेताहरू वामदेवको गतिबिधि र बोलीको बचाउ गर्ने अवस्थामा समेत छैन ।

जारी स्थायी समिति बैठकमा फरक मतका नाममा वामदेव गाैतमले कुण्ठाको दस्तावेज ल्यायो भनेर उनी निकटै नेताहरू गफिरहेका हुन्छन । विगतमा गाैतम निकट मानिएका तीनै नेताहरूले अहिले स्थायी समिति बैठकमा समेत वामदेवको फरक मतलार्इ त्यति महत्व दिएनन् । बालहठी तरिकाले सरकारलार्इ असहयोग हुने किसिमले पछिल्लो समय भएका उनका प्रयासलार्इ धेरै भन्दा धेरै नेकपाका नेता कार्यकर्ताले रूचाउन नसेका कारण यस्तो भएको छ ।

वामदेवको विश्वासपत्रको छवी बनाएका किरण गुरूङ र रविन्द्र अधिकारीहरू नै सार्वजिनक रूपमा हामी अध्यक्षका मान्छे हाैँ मुल नेतृवलार्इ हामीले सहयोग गर्ने हो भनेर अघि बढेपछि गाैतम पनि समस्यामा परेका छन । पछिल्लो सांसद बन्ने नाममा उनले गरेका अपत्यासित बलजफतीलार्इ अाम जनताले समेत घृणा गरिरहेका छन ।

प्रकाशित मिति : ७ पुष २०७५, शनिबार ०९:२०