१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

नेपालमा बनेको ‘हुन्डाई भेन्यु इ’ को बिक्री सुरू

१७ असोज, काठमाडौँ । हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले नेपालमा भेन्यु इ भेरियन्टको उत्पादन पनि सुरू गरेको छ। उक्त कम्पनीले २०२४ मे बाट भेन्यु एस र एसएक्स उत्पादन सुरू गरेको थियो।

कम्पनीले हुन्डाई भेन्युको व्यवसायिक उत्पादन सुरू गरिएसँगै हुन्डाई नेपालस् मेड फर योर जर्नी क्याम्पेन पनि सुरू गरेको थियो। हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरूबाट बिक्री गरिसकेको कम्पनीले जनाएको छ।

हुन्डाई भेन्यु इ को प्रारम्भिक मूल्य सीमित अवधिको लागि ४० लाख ९६ हजार रूपैयाँ कायम गरिएको छ। उक्त मुल्य डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।

नेपालमा हाल उपलब्ध भेन्युका अरु भेरियन्टहरूको मूल्य भने भेन्यु (एस) १.२ को ४४ लाख ९६ हजार रूपैयाँ र भेन्यु (एसएक्स) १.२ को मूल्य ५३ लाख ५६ हजार रूपैयाँ कायम गरिएको छ ।

कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने भएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार १२:०९