४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

करोडौँ फेसबुक प्रयोगकर्ताको डाटा चोरी, फेसबुकको सेयरमा तीव्र गिरावट

६ चैत, काठमाडौं । चर्चित सामाजिक सञ्जाल फेसबुकका करोडौँ प्रयोगकर्ताको डाटा चोरी भएको खबर सार्वजनिक भएपछि सेयरमा तीव्र गिरावट आएको छ ।

प्रयोगकर्ताको व्यक्तिगत विवरणसहितका डाटा चोरी भएको खबर सार्वजनिक भएपछि सामाजिक सन्जाल फेसबुकको शेयरमा तीव्र गिरावट आएको हो ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचमा डोनाल्ड ट्रम्पलाई मद्दत गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकलले फेसबुकका पाँच करोडभन्दा बढी प्रयोगकर्ताको निजी जानकारी चोरेको आरोप लागेको छ ।

यही आरोप सर्वजनिक भए लगत्तै फेसबुकको सेयरमा समेत गिरावट आएको हो । आरोपहरुको बारेमा छानविन गर्ने फेसबुकले जनाएको छ । अनुसन्धानका लागि क्याम्ब्रिज एनालिटिकललाई निलम्वन समेत गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार ०९:१६