१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

राष्ट्रपति पौडेलले एक महिनाको पारिश्रमिक राहत कोषमा दिने

१६ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको पारिश्रमिक राहत कोषमा उपलब्ध गराउने भएका छन्। लगातारको बर्षाले क्षति पुर्याएको बाढीपहिरो पीडितलाई उद्धार र राहतका लागि उहाँले आर्थिक सहयोग गर्ने भएको हो ।

राष्ट्रपतिले केन्द्रीय दैवीप्रकोप राहत कोषमा एक महिनाको सुविधा उपलब्ध गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १७:३१