१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सेयर बजारको हरियाली एक दिन पनि टिकेन, २६ अंकले घटेको बजारमा ६ अर्ब ७७ करोड कारोबार

१६ असाेज, काठमाडाैँ । मंगलबार भारी अंकले बढेको सेयर बजार आज दोहोरो अंकले घटेकाे छ । आज नेप्से परिसूचक २६ दशलमव ०७ अंकले घटेर २५९७ को विन्दुमा पुगेकाे छ । आज ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको सेयर मूल्य घटेको छ ।

३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै हिमालयन रिइन्स्योरेन्सको १७ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने गुडविल फाइनान्सको १५ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै स्वरोजगार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १५:३८