१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बाढी पहिरोले कृषि व्यवसायमा झन् समस्या थप्यो: भानुभक्त जोशी

१६ असोज, काठमाडौँ । सांसद भानुभक्त जोशीले बाढी र पहिरोले कृषि व्यवसायमा लागेकाहरूकाे अवस्था थप संकटमा परेको बताउनुभएको छ । बुधबार कृषि समितिको बैठकमा बोल्दै उहाँले लगातारको बर्षाले देशको बिभिन्न ठाउँमा क्षति पुर्याएको र सबैभन्दा बढी कृषि क्षेत्रमा नोक्सान गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो–‘ बाढीपहिरोका कारण मान्छेलाई बाँच्नुभन्दा मरेको भए हुने रहेछ भन्ने अवस्था सिर्जना भएको छ । यसमा हामी गम्भीर हुनुपर्छ । महासंकटले झन् समस्या थपेको छ ।’

ढकालले यो विषयमा मन्त्रालय अझ बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १३:५९