१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेप्सेमा ३ करोड २९ लाख ९७ हजार कित्ता बोनस सेयर सूचीकृत

१५ असोज, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म  विभिन्न ८ कम्पनीको ३ अर्ब २९ करोड ९७ लाख ६८ हजार रुपैयाँ बराबरको ३ करोड २९ लाख ९७ हजार ६८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

हालसम्म नेप्सेमा प्रभु इन्स्योरेन्सको ४.७५ प्रतिशतका दरले ६ लाख ५३ हजार ६५८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको २५ प्रतिशतका दरले १ करोड कित्ता बोनस सेयर सूचिकृत भएको छ । यस्तै सन नेपाल लाइफको २३.८० प्रतिशतका दरले ७६ लाख १६ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको २।२२ प्रतिशतका दरले ८१ हजार ७६८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशतका दरले ९ लाख २३ हजार ३५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ४.७५ प्रतिशतका दरले ६० लाख ८६ हजार ४३३ कित्ता, नागरिक लगानी कोषको १४ प्रतिशतका दरले ७४ लाख ३९ हजार २५० कित्ता र ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशतका दरले १ लाख ९७ हजार २२० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १४:२७