एभरेष्ट बैंकले बोलायो साधारणसभा, लाभांश स्वीकृत लगायत यस्ता छन् एजेण्डा
१५ असोज, काठमाडौँ । एभरेष्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ। काठमाडौँको अम्रपाली ब्यांक्वेटमा असोज २० गते बिहान ११ बजे बस्नेगरी साधारणभा बाेलाएकाे हाे ।
साधारणसभाले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।
त्यस्तै, साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
यस्तै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गरिनेछ।
साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गरिसकेको छ। असोज ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।
प्रकाशित मिति : 13:35









