१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नेपाल जग्गा तथा आवास विकास संघमा श्रेष्ठ

६ पुस, काठमाडाैँ । नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा डाउनटाउन हाउजिङ कम्पनी प्रालिका मीनमान श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न सङ्घको १२ औँ साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा दुई वर्षका लागि निर्वाचित गरेको हो । साधारणसभाबाट अध्यक्षसहित छ पदाधिकारी निर्विरोध निर्वाचित भएको सङ्घका प्रशाकीय अधिकृत जगत श्रेष्ठले जानकारी दिनुभयो ।

नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रोपर्टी डिलर्स प्रालिका इच्छाबहादुर वाग्ले, द्वितीय उपाध्यक्षमा एसबी कम्पनी प्रालिका विदुर धमला, तृतीय उपाध्यक्षमा सिडी डेभलपर्स प्रालिका दीपक कुवँर, महासचिवमा वागमती प्रोपर्टी डिलर्स प्रालिका भेषराज लोहनी र कोषाध्यक्षमा कन्टिनेन्टल डेभलपर्स प्रालिका पुरुषोत्तम पौड्याल निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्यमा तुलसीप्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, टंकबहादुर श्रेष्ठ, दीपक मलहोत्रा, आशिष गर्ग, गोविन्दप्रसाद लोहनी र सुमितकुमार अग्रवाल निर्वाचित हुनुभयो ।

साधारणसभाको उद्घाटन गर्दै संघका निर्वतमान अध्यक्ष इच्छाराज तामाङले घरजग्गा व्यवसायले देशको आर्थिक हिस्सामा ठूलो टेवा पु¥याउँदै आएको भए तापनि राज्यले व्यवसायीलाई उपेक्षित गरेको गुनासो गर्नुभयो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सङ्घलाई सबल, सुदृढ र प्रतिष्ठित संस्थाको रुपमा स्थापित गर्न दत्तचित्त भई सबै व्यवसायीको हकहितको लागि निरन्तररुपमा प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार २३:२०