१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

पोखरामा सार्वजनिक भयो प्रिमियम र स्मार्ट इभी ‘नामी’

१४ असोज, काठमाडौँ । डोङफेङ इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले नेपालका लागि पोखरामा प्रिमियम र स्मार्ट इभी नामीलाई सार्वजनिक गरेको छ।

पोखरामा गरिरएको एक आयोजित कार्यक्रमको विशेष समारोहमा हाइड्रो पावर व्यवसायी संघका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त, सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा। आनन्द मोहन भट्टराई, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष गोकर्ण कार्की तथा नामी पोखरा भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका भट्टराईले संयुक्त रूपमा नामी इभी सार्वजनिक गर्नुभएका हुन् ।

काठमाडौंमा एक महिनाअघि सार्वजनिक भएको नामी इभी नाडा अटो सोमा ७१७ युनिट बुकिङ भएको थियो।

यो प्रतिस्पर्धीको तुलनामा पनि यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएको बताइएको छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा सर्वोच्च अदालतका पूर्व न्यायाधीशडा। आनन्द मोहन भट्टराई विश्वसनीय ब्रान्ड भित्र्याएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ। यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मिश्रित छ।

यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किङ टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ। यो फ्युभरिस्टिक ह्याचब्याक इभी प्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ ।

यसको मूल्य २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रूपैयाँसम्म रहेको छ।

नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२।८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिङ फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरू रहेका छन्।

यो इभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार १४:०१