१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रुरु जलविद्युतद्वारा लाभांश घोषणा

१३ असोज, काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको हो। बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार १०:५०