१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

स्वावलम्बन लघुवित्तद्धारा लाभांश घोषणा

१३ असोज, काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०८०र८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको हो। उक्त बैठकले हालसम्म कायम चुक्तापूँजीको १४।२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार १०:३८