१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

झ्याप्ले खोलाको पहिरोमा अर्को बस भेटियो, तीन जनाको शव निकालियो

१३ असोज, काठमाडौ । गोरखाबाट काठमाडौँ आउँदै गरेको बस झ्याप्ले खोलाको पहिरोमा भेटिएको छ । गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नं को बस पहिरोमा पुरिएको थियो ।

बसबाट तीन जनाको शव निकालिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । शवको पहिचान खुलेको छैन ।

असोज ११ को बिहान गोरखाको धार्चे गाउँपालिका लापुबेँसीबाट काठमाडौँका लागि छुटेको बस हराएको भन्दै आइतबार बिहानबाट खोजीकार्य तीब्र पारिएको थियो । आइतबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोलीले खोजीका क्रममा बस र त्यसमा सवार तीन जनाको शव फेला पारेका हुन ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार ०९:२५