२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

केपी शर्मा ओली आजै प्रधानमन्त्री बन्दै


३ फागनु, काठमाडौँ । वाम गठबन्धनका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजै प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ । निर्वाचन आयोगले हिजै राष्ट्रपति समक्ष प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम बुझाएकाले आज ओली प्रधानमन्त्री बन्ने सम्भावना देखिएको हो । हिजो एमाले–माओवादीको बैठकले ओलीलाई वाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । गठबन्धनले आज सरकार गठनका लागि आज राष्ट्रपतिसमक्ष दाबी पेस गर्दैछ ।

Prime Minister K P OLI addresses the nation at prime minister Residence, baluwatar Kathmandu on Sunday, November 15, 2015
Photo; Keshab Thoker/Nagarik/republica

संसदमा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । एउटै दलको बहुमत नभएकाले एमाले र माओवादीले संवैधानिक प्रावधानअनुसार आफूहरुको बहुमत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम राष्ट्रपति कार्यालयमा बुझाउन लागेका हुन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार ०८:१०