११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

१० असोज, पाेखरा । सहकारी रकम अपचलन आरोपमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आइतबार काठमाडौंबाट पक्राउ परेका जोशीलाई सोही दिन पोखरा ल्याइएको थियो । ७ गते अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको थियो । उक्त म्याद सकिएपछि शुक्रबार उनलाई अदालतमा उपस्थित गराइएको हो।

जिल्ला अदालत कास्कीले शुक्रबार उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कास्कीका एसपी मोहन थापाले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १६:३७