११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

खराब मौसमका कारण बिहानैदेखि आन्तरिक उडान प्रभावित, माउन्टेन फ्लाइट रद्द

११ असोज, काठमाडौं । बर्षाका कारण शुक्रबार हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले शुक्रबारका उडानहरू प्रभावित भएका हुन् ।

त्रिभुवन विमानस्थलबाट भरतपुर, विराटनगर, तुम्लिङटार, सुर्खेत धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् ।

आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उडानहरू सुचारु नहुँदा विमानस्थलमा यात्रुहरूको भिड  बढेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १२:१२