१० आश्विन २०८१, बिहीबार | Thu Sep 26 2024

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

१० असोज, काठमाडौं । नेपाल स्टक एक्जेन्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । साहस उर्जा र सानिमा रिलायन्स लाइफ इस्योरेन्सको सेयर समायोजन भएको हो ।

साहस उर्जाको ८ प्रतिशत बोनस सेयर मूल्य विहिबार समायोजन भएको हो । समायोजन पछि सो कम्पनीको सेयर मुल्य ४ सय ७९ रुपैयाँ १७ पैसा कायम भएको छ । यस कम्पनीको अन्तिम कारोबार ५ सय १७ रुपैयाँ ५० पैसामा भएको थियो ।

यस्तै, सानिमा रिलायन्स लाइफ इस्योरेन्सको १८।३८ प्रतिशत बोनस सेयर बापत मूल्य समायोजन भएको छ । समायोजन पछि सो कम्पनीको सेयर मुल्य ४ सय ७२ रुपैयाँ ६३ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ५९ रुपैयाँ ५० रुपैयाँमा भएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार १८:३३