१० आश्विन २०८१, बिहीबार | Thu Sep 26 2024

बलात्कारमा फसाइदिने भन्दै ३० लाख झ्वाम, इन्सपेक्टर शाहीमाथि अनुसन्धान सुरू

१० असोज, काठमाडाैँ । प्रहरीकै संलग्नतामा हनी ट्रयापको शिलशिला चल्नेगरेको खुलासा भएको छ । हनी ट्रयापरसँग मिलेर प्रहरी अधिकृतहरूले नै बलात्कारका नाममा बार्गेनिङ गरेको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । ललितपुरको एक घटनामा प्रहरी अधिकृतको संलग्नता रहेको पाइएपछि प्रहरीले समितिनै बनाएर अनुसन्धान सुरू गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालका अनुसार ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाही नै संलग्न भएर एक युवासँग ३० लाख रूपैयाँ लिएको पाइएपछि समिति बनाएर अनुसन्धान सुरू गरिएको छ ।

dainiki.com

इन्सपेक्टर शाहीलाई अनुसन्धानका लागि जिम्मेबारीबाट हटाइएको काठमाडाैँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँले दैनिकीसँग कुरा गर्दै बाँकी कारबाहीको विषय भने अनुसन्धानपछि मात्र थाहा हुने बताउनुभयो । शाही माथि ललितपुर प्रहरी परिसरका डिएसपी नरहरी अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति बनाएर अनुसन्धान सुरू भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार १३:३४