१० आश्विन २०८१, बिहीबार | Thu Sep 26 2024

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला कति पुग्यो?

१० असोज, काठमाडौँ । साताको पाँचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुनको मुल्यले पुनस् नयाँ रेकर्ड बनाउन सफल भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मुल्य तोलामा ३ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै, चाँदीको मूल्य भने बिहिबार स्थिर रहेको छ । बुधबार १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार ११:००