९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

प्रचण्डको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनायो: महासचिव पोखरेल

९ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको बताउनुभएको छ । बुधबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले सत्ता गुमाएको कुण्ठामा माओवादीले संसद अवरुद्ध गरेको बताउनुभएको हो ।

माओवादी द्वन्द्वकालमा भएको हिंसाको आलोचना गर्दा हिंसा शब्द असंसदीय हो भनेर माओवादीले संसद रोकेको तर माओवादी द्वन्द्वकालमा हिंसा मात्र भएन, राष्ट्रमा आतंक सिर्जना गर्ने काम भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘राति घरमा सुतेका एउटै घरमा ११ जनाको हत्या गर्ने, दिनदहाडै बसमा आगजनी गर्ने काम भयो । यो हिंसा मात्र नभएर, आतंक पनि हो ।

उधपी उहाँले माओवादी कार्यकर्ताको वलिदान समाजको परिवर्तनका लागि भएको र त्यसको आफूहरुले प्रशंसा नै गर्ने गरेको पनि बताउनुभयो ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार १३:०३