९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

चिनियाँ उपप्रधानमन्त्रीसँग अर्थमन्त्रीकाे आग्रह- पोखरा र भैरहवा विमानस्थल चलाउन सघाउनुस्

९ असोज, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ । उक्त भेटमा दुई देशबिचको आपसी हित र सहयोगबारे छलफल भएको छ ।

अर्थमन्त्री पौडेलले चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान गर्न आग्रह गर्नुभएको छ ।  भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति अनुसार सहयोगका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने बताउनुभयो । साथै उहाँले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार १२:२०