८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

एन्काले जित्यो मैत्रिपुर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता

एडिलेड । एडिलेडमा भएको अष्ट्रेलियाको एन्का र न्युजिल्याण्डको ब्ल्याक राईनो न्युजिल्याण्ड विचको ट्रान्स-तास्मान कप अन्तराष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा एन्का विजयी भएको छ ।

स्थानिय एडिलेड युनिभर्सिटीको खेल मैदान पार्क २५ मा भएको खेलको तिन वटै खेलमा एन्का विजयी भएको हो । खेलमा म्यानअफ दी शिरिज एन्काका नन्दन यादव भएका थिए । प्रत्येक दुई दुई बर्षमा हुने कप पहिलो पटक अष्ट्रेलियामा भएको र अगामी खेल न्युजिल्याण्डमा हुने भएको छ ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै एन्का अध्यक्ष विजय जोशीले विजयी टिमलाई बधाई दिदै खेलाडीहरुको बिकासका लागि यस्ता प्रतियोगिताहरु आयोजना गरिएको बताए । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिषेस एडिलेडका निर्देशक रुपक बर्तौलाले यस्ता प्रतियोगिताहरुमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार ०४:२१