७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

एडिलेडमा टेनिस प्रतियोगिता हुदै

एडिलेड । नेप्लिज टेनिस क्लव अष्ट्रेलियाको आयोजनामा एडिलेडमा सेप्टेम्वर २८-२९ मा लन टेनिस (डवल) प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता स्थानिय म्यारियन क्लवको कोर्टमा हुने क्लवका सचिव बलराम भण्डारीले बताएका छन् । सचिव भण्डारीका अनुसार हाल सम्म २८ जनाले नाम दर्ता गरिसकेका छन् ।

पहिलो चरणको खेल लिग र सेमीफाईल नकआउटमा हुने प्रतियोगिताको बिजयी खेलाडीहरुलाई मेडल सहित पुरस्कार रहेको जनाएको छ ।

खेलको तालिका २८ सेप्टेम्वर बिहान खेल शुरु हुनु भन्दा अगाडि सार्वजनिक गरिने भएको छ ।

अष्ट्रेलियाको एडिलेडमा हुनु भएका  र प्रतियोगितामा सहभागी हुन चाहना राख्नेले  तलको लिङ्कमा गएर रजिष्ट्रेशन गर्न सक्नुहुने सचिव भण्डारीले बताए ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdNBeWJD_X6k4unNaDY7P2CpVbns3N0FsXemX4TLWsWrQsFQg/viewform

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार १८:२८