१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

नुवाकोटको बेलकोटगढीमा एकैसाथ २५५ सडक विस्तार हुँदै


६ चैत, नुवाकोट । बेलकोटगढी नगरपालिकाले नगरक्षेत्रको विकासका लागि सडक विस्तार तथा स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राखी रु ८ करोड बजेटमा एकैसाथ २५५ वटा सडक विस्तार गर्ने भएको छ ।

ग्रामिण भेगबाट नगरपालिका र अन्य कार्यालयसम्म पुग्ने व्यवस्थित सडकको अभाव भएपछि सडक निर्माण अघि बढाउन थालेको नगर प्रमुख राजेन्द्ररमण खनालले बताए ।

“नगरपालिका हुँदै कालोपत्रे भएको पासाङलामु मार्ग र गल्छी–देवीघाट सडक सञ्चालनमा छन् । नगरको केन्द्र तथा मानवबस्तीसम्म पुग्न कठिन भएकाले विकासका अन्य गतिविधि सञ्चालन गर्न नसकिने भएको र जनताबाट समेत सबैभन्दा बढी सडककै माग भएकाले आवश्यकताको अधारमा सडक विस्तारलाई पहिलो प्राथमिकता दिइएको प्रमुखले बताए ।

नगरपालिकामार्फत विस्तार एवं स्तरोन्नति गर्न लागिएको सडक चार खण्डमा विभाजन गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार ०८:०४