८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

कुमारी बैंकको १ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

८ असाेज, काठमाडाैँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रिमा राखेकाे छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ९ हजार ८६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हाे ।

बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार ०९:३४