७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामै १ लाख ५९ हजार २ सय पुग्यो

७ असोज, काठमाडौँ । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु चार सयले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु १ लाख ५८ हजार आठ सयमा कारोबार भएका आजका लागि रु १ लाख ५९ हजार दुई सय निर्धारण भएको छ ।

शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै रु एक हजार सात सयले बृद्धि भएको थियो । यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला रु एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार १२:२६