७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

एनआरएनए अष्ट्रेलियाको युथ कन्क्लेभ सम्पन्न

एडिलेड ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आयोजनामा भएको युथ कन्क्लेभ युवाहरुलाई देश विकासमा प्रोत्साहन र अवसर प्रदान गर्न थप सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता सहित सम्पन्न भएको छ ।

नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराई, एनआरएन आईसीसी अध्यक्ष बद्री केसी, एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, सेतोपाटीका सम्पादक अमित ढकाल सम्मिलित समूहगत छलफलमा एनआरएनको नेपालमा लगानी, विदेशमा सिकेको शिप र ज्ञान मार्फत नेपालको विकासमा योगदान लगायतमा चर्चा भएको थियो ।

कार्यक्रममा बोल्दै एनआरएन आईसीसीका अध्यक्ष डा बद्री केसीले एनआरएनए आईसीसीमा विवाद नरहेको बताउनुभयो । आगामी गैरआवासीय नेपाली दिवस अगावै सरकारले विभिन्न १२ वटा कानूनमा एकै पटक संशोधन गरेर मन्त्रिपरिषद्मार्फत निर्णय गर्दै हाल एनआरएन नागरिकतामा देखिएको अप्ठेरोलाई हटाउने जानकारी गराउनुभयो । उहाले नेपालमा पहिला संस्थादर्ता गर्दा तिन महिना भन्दा बढि लाग्नेमा हाल सात दिन भित्र हुन थालेको उदाहरण दिदै देशमा विस्तारै सुधारका संकेत देखिएको बताउदै सकारात्मक हुन आग्रह गर्नु भयो ।

कार्यक्रमपछि प्रतिक्रिया दिँदै अध्यक्ष डा. केसीले एडिलेडमा भएको युथ कन्क्लेभबाट आफुले धेरै युवाहरुको धारणा जान्न पाएको बताउनुभएको छ । अध्यक्ष केसीले भेलाबाट निकालिएको निचोडलाई कार्यान्वयन चरणमा लैजानका लागि एनआरएन आईसीसीसी र एनसीसीले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा पूर्वमन्त्री योगेश भट्टराईले एनआरएन नागरिकता कान्यान्वयका लागि सरकारले कार्यदल बनाएको बताउदै , गैर आवासिय नेपालीहरुलाई राजनितिक बाहेक सबै अधिकार प्रदान गर्न सबै दलहरु सकारात्मक रहेको बताउनु भयो । उहाले नेपालको राजनीतिबारे अनावश्यक चासो र टिप्पणी नगर्न अनुरोध गर्नुभएको थियो । उहाँको भनाई थियो, तपाईंहरु विदेशमा हुनुहुन्छ । राम्रो गर्नुहोस् नेपालमा राजनीतिक दलहरुबीच झगडाको मतलव नगर्नुस 

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले युवाहरु स्वदेश फर्केर केहि गर्न त्यहाँ आफ्नो मान्छे नभए केहि गर्न नसक्ने वतावरण रहेकाले त्यसको पुर्ण अन्त्यका लागि आग्रह गरे ।

अष्ट्रेलियाको विभिन्न राज्यहरुमा क्रियाशिल युवाहरु को प्यानलमा युवा विद्यार्थीका बिषयमा छलफल भएको थियो । एनआरएनए अष्ट्रेलियाका पुर्व उपाध्यक्ष नविन पन्तले संचालन गर्नु भएको सो प्यानलमा पत्रकार सरल गुरुङ, उत्सब थपलिया, बिजय सापकोटा, फैजा पर्वान, निहारिका ज्ञवली रहेका थिए । उहाहरुले आ आफ्ना अनुभव सुनाउनु भएको थियो ।

भने समापनको संचालन एनआरएनए अष्ट्रेलियाका महासचिव सन्तोष कुवर र धन्यवाद ज्ञापन उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले गरेका थिए ।

नेपालको आर्थिक सम्बृद्धिमा विदेशमा बस्ने नेपालीहरुले महत्वपूर्ण भूमिका खेल्नेमा आफु विश्वस्त रहेको उहाँको भनाई थियो । साथै, नेता भट्टराईले विदेश पढ्न जाने विद्यार्थीहरुका लागि त्यसतर्फ जानुअघि प्रिडिपार्चर कोर्ष गराउने विषयमा आफुले संसदमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

एनआरएन अष्ट्रेलियाका सचिव थिर गुरुङले कार्यक्रममा अषट्रेलियाम रहेका नेपाली युवा विद्यार्थीहरुका समस्या, उनीहरुको नेपाल सरकार संगका अपेक्षा र  देश विकासको चाहना बारेमा धारणा राखेको बताउदै प्रमुख अतिथि सहित  अतिथिहरुले बर्तमान अवस्था र  प्रतिबद्धताहरु सहित कन्क्लेभ सम्पन्न भएको बताए । यस किसिमको कार्यक्रम आगामी दिनमा हरेक वर्ष गर्नुपर्ने आवाज सहभागीहरुबाट आएको र यसलाई सकारात्मक रुपमा लिएको गुरुङ्को भनाई छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार ०६:२३