६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सहकारी पीडित संघर्ष समितिको संयोजक बन्ने अवसर दिन रवि लामिछानेको अपिल

६ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडित संघर्ष समितिको संयोजक बन्ने अवसर दिन पीडितहरूसँग अपिल गरेका छन ।

आइतबार राति पार्टी कार्यालयमा पक्राउबाट जोगिन बोलाइएको कार्यकर्ताहरूको भिडमा सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आफूलाई सहकारी पीडित संघर्ष समितिको नाममा काम गर्न दिन अनुरोध गरे । उनले आफू माथि प्रतिशोध भइरहेको भन्दै पक्राउ भए प्रतिकार गर्न र प्रतिवाद गर्न कार्यकर्तालाई अपिल पनि गरेका छन ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार २२:१८