६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सुनको मूल्यमा नयाँ किर्तिमानी, तोलामै १ लाख ५८ हजार ८ सय पुग्यो

६ असाेज, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १ हजार ७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार ११:२७