६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

आशा लघुवित्तद्धारा लाभांश घोषणा

६ असाेज, काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपशि वितरण हुनेछ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार ११:११