५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

एमाले र कांग्रेसले एक्लाएक्लै चुनाव लड्ने कुराले माओवादी छटपटियो: महासचिव पोखरेल

५ असोज, बुटवल ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस र एमाले आगामी चुनावमा एक्ला एक्लै लड्ने निर्णय गरेपछि माओवादी केन्द्र छटपटाएको बताउनुभएको छ । शनिबार प्रेस चौतारी रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो-‘कांग्रेस र एमाले भन्दा बलियो भएर देखाए भयो त । स्वार्थमा आधारित चुनावले सही निकास दिन सक्दैनन् । राजनीति भनेको जनताको विश्वास जित्ने कुरा हो ।’

उहाँले वर्तमान संसदले सरकार गठनको विकल्प दिन नसक्ने  पनि बताउनुभयो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार १२:२०